धनुषामा अज्ञात समुहले गोली प्रहार गरेपछि

२०७५, २५ श्रावण शुक्रबार १८:३३

धनुषा २५ साउन । अज्ञात समुहले गोली प्रहार गर्दा मिथिला नगरपालिका ८ बस्ने पुष्पलाल श्रेष्ठ घाईते भएका छन् । करीब १०/१२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा श्रेष्ठ घाइते भएका छन् ।

गएराति उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी घाइते बनाएर मंगलसुत्र र ब्रासलेट गरी साढे ६ तोला सुन, १५ तोला चाँदी र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको बताइएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...