भुकम्पले क्षति पुगेका २ सय घर निर्माण

२०७५, २५ श्रावण शुक्रबार १८:१६

चितवन २५ साउन । भूकम्पले पूर्णरुपमा क्षति भएका २२६ घर निर्माण सम्पन्न भएका छन् । भूकम्पपीडितहरुले निर्माण सम्पन्न गरेर तेस्रो किस्ता रकम समेत लिइसकेका छन् ।

भूकम्प प्रभावितको घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएको जानकारीअनुसार जिल्लाका सात हजार ३३५ घर धुरीले भूकम्पले पूर्ण रुपमा क्षति बनाएको भन्दै निवेदन दिएका थिए ।

एकाइका इञ्जिनीयर सुजन नेपालका अनुसार पाँच हजार ६२६ परिवारले घर बनाउनका लागि पहिलो किस्ताबापत रु ५० हजार लगेका छन् । दोस्रो किस्ता रु दुई हजार ४२८ जनाले लगेका छन् । तेस्रो किस्ताको भुक्तानीका लागि २४२ जनाले निवेदन दिएकोमा २२६ जनाले रकम लगेको उहाँले बताउनुभयो ।

प्राधिकरणले पहिलो किस्ता घर निर्माणको सम्झौता पश्चात् रु ५० हजार, दोस्रो किस्ता जगको डिपिसीपछि रु एक लाख ५० हजार र तेस्रो किस्ता घर निर्माण सम्पन्न भइसकेपछि रु एक लाख दिने व्यवस्था गरेको छ । राहत रकम सम्झौता गर्दा वन क्षेत्र र सरकारी जमीनमा बसोवास गरेकाले सम्झौता गर्न पाउँदैनन् । जसका कारण एक हजार ७१५ घरधुरीले अझै पहिलो किस्तासमेत सम्झौता गर्न आएका छैनन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...