मकवानपुरबाट पक्राउ परे अपहरण मुद्धाका मोस्ट वान्डेट

२०७५, २५ श्रावण शुक्रबार १५:३९

हेटौँडा, २५ साउन । अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई प्रहरीको मोष्ट वान्टेड सूचीमा समेत रहेका  बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने घट्टघरे कान्छा भन्ने दुधबहादुर लोलाई पक्राउ गरिएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको क्षेत्रिय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

काठमाण्डौं कुलेश्वरका प्रमोद चौधरीको छोरा अपहरणमा संलग्न भई बिगत ६ बर्ष देखि फरार रहेका ४२ बर्षिय लोलाई क्षेत्रिय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मकवानपुरको हात्तिसुँडे सोफी घर भई बिभिन्न अपराध तथा उच्छृङ्खल गतिविधीमा संलग्न दुधबहादुर लोलाई पक्राउ गर्न बिभिन्न प्रहरी कार्यालयले गरेको पटक–पटकको प्रयास असफल भएको थियो । हिँड्डुल गर्दा हातहतियार बोकेर हिँड्ने र गाउँघरका बिभिन्न ब्यक्तिहरुलाई कुटपिट गर्ने, झैझगडा गर्ने, जबरजस्ती असुली गर्ने लगायतका कार्यहरुमा संलग्न लोबाट स्थानिय सर्वसाधरण पीडित बनिरहेका बारेमा समेत प्रहरीमा सूचना प्राप्त भएको प्रहरीले बताएको छ ।

वि.सं. २०६९ फागुन २१ गते काठमाण्डौंको कालिमाटीका प्रमोद चौधरीको १७ बर्षिय छोरा सोनु चौधरीको अपहरणमा संलग्न भएका लो को अन्य अपराधजन्य कार्यमा समेत संलग्नता देखिएकोले सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने डरले लो आफ्नो घरमा नबसी अर्काको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*