हेटौँडाका व्यवसायीहरु उपमहानगरपालिका कार्यालयमा धर्ना बस्दै, गीत बजाएर मेयर फकाउँदै व्यवसायी

२०७५, २५ श्रावण शुक्रबार १४:४२
तस्बिर–जी. न्यौपाने

हेटौँडा, २५ साउन । नो पार्किङको विरोधमा आज हेटौँडाका व्यवसायीहरुले हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । उपमहानगरपालिकाले प्रशासन र प्रहरीलाई ट्राफिक व्यवस्थापनको जिम्मा दिएर पन्छिए पनि व्यवसायीहरुले भने उपमहानगरकै जिम्मेवारी भएको भन्दै कार्यालयमा धर्ना दिएका हुन् ।

३ दिन देखि व्यवसाय बन्द गरेर विरोधमा उत्रिएका मेनरोड क्षेत्रका व्यवसायीहरुले तत्कालिन नेकपा एमालेको चुनावी गीत ‘मै पनि एमाले, सही पनि एमाले’ बजाउँदै मेयर हरिबहादुर महतलाई फकाउने प्रयास गरेका छन् । हेटौँडाको समस्या समाधान र समृद्ध हेटौँडा नगरको लागि भन्दै तत्कालिन एमालेबाट चुनाव जितेर मेयर भएका महतलाई आफुहरुले भोट दिएर जिताएको सम्झाउन गीत बजाइएको धर्नामा संलग्न एक व्यवसायीले बताए ।

व्यवसायीहरु ३ दिन देखि व्यवसाय बन्द गरेर नो पार्किङ विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मेयर महत भने नो पार्किङ घोषणा भइसकेको र त्यसलाई लागु गर्ने अडानमा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...