नो पार्किङको विषयमा मेयर महतको अडानपछि हेटौंडाका व्यवसायी तनावमा

२०७५, २५ श्रावण शुक्रबार १०:४१

मकवानपुर २५ साउन । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबोल महतले यसअधि भएको नो पार्किङको निर्णयमा कुनै फेरबदल नहुने अडान लिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रहरी प्रशासनको समन्वयमा हेटौंडा बजारको मुख्य क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र बनाएपछि हेर्टौंडाका व्यवसायीहरु आन्दोलित हुँदै आएका छन् ।

बिहिबार दिउँसो संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको नेतृत्वमा उपमहानगरपालिका पुगेको संघका पादाधिकारी तथा अगुवा व्यवसायीलाई भेट्दै महतले बजारलाई व्यवस्थीत बनाउने यस अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।

हेटौंडा बजारमा देखिएको पार्किङ व्यवस्थापनको समस्या समाधान गर्न यो निर्णय लिईएको हो । व्यवसायीलाई मार पार्न हाईन । सबैबाट सहयोग हुनुपर्यो मेयर महतले भने । हाईवे हेटौंडा उपमहानगरको मातहतमा छैन । प्रहरीले हाईवे क्लीयर गरिरहेकै छ । बाँकी केहि भित्री सडकहरु पनि विकल्प सहित केहि दिनभित्रै पार्किङ निषेधित हुने छ । विकल्प सहित सबै रोड खाली हुने उनले जानकारी दिए ।

व्यवसायीले दशैं तिहारसम्म एकतर्फी पार्किङ गर्न दिनुपर्ने माग गरेका थिए । तर मेयर महतले एकतर्फी, दुईतर्फीको कुरै छैन पार्किङ गर्न मिल्दैन भन्दै भोक्कीएका थिए । उनले निर्णण् भईसकेकाले सोहि अनुसार हुने बताए । महतले भने बाईपास सडकमा ढलान भईरहेकोले ठुलो सवारीले बजार क्षेत्रकोबाटो प्रयोग गरिरहेको जानकारी दिँदै यो समस्यापनि केहि दिनभित्रमा समाधान हुने बताए ।

मेयर महतले नो पार्किङमा सवारी पार्क गर्न नमिल्ने बताएपछि हेटौंडाका व्यवसायी मकवानपुर उद्योग वाणिज्य संघको वरिपरि घुम्न थालेका छन् । केहि व्यवसायीहरु आफ्नो व्यवसायमानै असर पर्लाकी भन्ने तनावमा छन् ।

आजको प्रदेश दैनिकमा समाचार छ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...