प्रदेश नम्बर १ मा प्रदेश सरकारको बिदा निर्णय सिडिओले मानेनन्

२०७५, २५ श्रावण शुक्रबार १०:१७

काठमाडौं २५ साउन । प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे । प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार मातहत भन्ने बहस उत्पन्न भएको छ ।

आदिवासी दिवसमा प्रदेश सरकारले दिएको बिदा अस्वीकार गर्न कर्मचारीलाई संघीय गृह मन्त्रालयका उच्च अधिकारीले नै उकासेको पनि खुलेको छ।

आफूहरू संघीय सरकार मातहतको कर्मचारी भएका कारण प्रदेश सरकारको बिदा निर्णय मान्न बाध्य नहुने तर्क गर्दै प्रमुख जिल्ला अधिकारीहरूले चुनौती दिएका हुन्।

संघीयता कार्यान्वयन सुरु भएदेखि नै केन्द्रको निर्देशनमात्रै मान्ने बताउँदै आएका कर्मचारीले प्रदेशको निर्देशन अवज्ञा गरेर नयाँ संरचनाप्रतिको अविश्वास व्यवहारतः प्रकट गरेका हुन् । आफूहरू संघीय सरकार मातहत भएका कारण प्रदेश सरकारको निर्णय मान्न बाध्य नहुने तर्क गर्दै प्रमुख जिल्ला अधिकारीहरूले प्रदेश सरकारलाई नै चुनौती दिएका हुन् । प्रदेश १ मा रहेका १४ वटै जिल्ला प्रशासन, विभिन्न विषयगत कार्यालय र अदालत खुलै रहे। स्थानीय तह र विद्यालयले भने बिदा मनाए।

गत चैत २९ को बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशमा लागू हुनेगरी चारवटा सार्वजनिक बिदा तय गरेको थियो । विश्व आदिवासी दिवस, जनैपूर्णिमा, राधाकृष्ण रथयात्रा ९मोरङ र सुनसरी० र छठपर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेर प्रदेश सरकारले राजपत्रमा प्रकाशित पनि गरिसकेको छ । त्यहीमध्ये विश्व आदिवासी दिवस बिहीबार थियो। तर, प्रदेश सरकारले बिदा दिने निर्णय गरेको भए पनि प्रमुख जिल्ला अधिकारी मातहतका अधिकांश कार्यालय बन्द भएनन्। संघीय सरकारबाट कुनै निर्देशन नआएको भन्दै जिल्ला प्रशासन, मालपोत, नापी, शिक्षालगायत कार्यालय सञ्चालन भए।
आजको नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...