सर्वोच्चमा गत वर्ष मात्र बलात्कारका ३१७ मुद्दा, ३९ को मात्र फैसला

२०७५, २५ श्रावण शुक्रबार ०९:५९

काडमाडौं २५ साउन । गत आर्थिक वर्षमा बलात्कार सम्बन्धी तीन सय १७ मुद्दा सर्वोच्चमा दर्ता भए । तर, ३९ को मात्रै फैसला भयो । एक वर्षमा ३९ वटा मात्रै फैसला, किन ढिलाइ हुन्छ भन्ने प्रश्नमा सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेल भन्छन्, ‘बलात्कार मुद्दामा पहिलो कुरो प्रमाण संकलन ढिला गरेर आउँछ ।

मुद्दाको पेसी तोकिन्छ, साक्षी बसेका आउँदैनन्, यसरी प्रमाण संकलन ढिलाइले समस्या भएको हो ।’ अन्तर्राष्ट्रिय जगत्मा न्यायाधीशलाई सम्पूर्ण अधिकार दिइएको हुन्छ ।

बलात्कारको निर्णय न्यायाधीशले स्वविवेक प्रयोग गरेर फैसला गर्छन् । ‘तर, नेपालमा न्यायाधीशलाई रेफ्रीको हैसियत मात्रै दिइएको छ, मिसिल र प्रमाण हेरेर मात्रै फैसला गर्न सक्छन् । न्यायाधीशलाई निर्णायकभन्दा पनि रेफ्रीको भूमिकामा मात्रै राखिएको छ,’ उनले भने ।
आजको नयाँ पत्रिकामा  समचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*