३ जनाले बलात्कार गरेपछि ७ दिन अचेत भएकी महिलाले पीडकको नाम किटान गरेर उजुरी दिईन्, अदालतले लाजपचाएर भन्यो : प्रमाण पुगेन

महिलालाई अदालत न आस न भरोसा
२०७५, २५ श्रावण शुक्रबार ०९:३३
File Photo

काठमाडौं २५ साउन । कार्यालयबाट साझँ घर जाँदै गरेकी एक युवतीलाई लतितपुर गोदामचौरका तीन युवाले बाटो ढुकेर बलात्कार गरे । उनीहरुले युवतीलाई टाउकोमा ढुङगाले हानेर बेहोस पारे । त्यसपछि तीनै जनाले पालैपालो बतात्कार गरे र बारीमुनी फाल्दीए ।

भोलीपल्ट उनकाउ उद्धार भयो तर शिक्षण अस्पतालको आईसीयूमा एक सातासम्म होस आएको थएन । बोल्न सक्नेभएपछि उनले पीडकको नामनै किटान गरेर उजुरी दिईन् । आरोपीहरु प्क्राउ परे । पीडितले आफुमाथि प्रहार गर्ने व्यक्तीलाई साथीले रघु रघु भनी बोलाएको र पछि मोबाईलको उज्यालोमा अनुहार पनि चिनेको दाबी गरिन् ।

अन्य व्यक्तीलाई समेत सामेल गराएर चिन्न लगाउँदा पीडितले पहिचान गरेकी थिईन् । तर जिल्ला अदालत ललितपुरले पीडितको ज्यान मार्ने प्रयास गरिएको छ तर आरोपीलेनै यसो गरेको भन्ने प्रमाण नपुगेको बतायो । उनको समस्या सुनुवाई हुन पनि निकै समय लायो । पीडितको भनाईमा प्रश्न उठाई प्रहरीले परीक्षण गरेको थियो ।

परिक्षणबाट पीडितले दिएको बयान अनुसारका केहि घटनाहरु भएको पुष्टी समेत पीडितले गर्यो । तर लामो समयपछि भएको पहिचान सत्य नहुन सक्ने भन्दै ईजालसले पीडितमहिलाको दाबीमाथीनै प्रश्न चिन्न उठाउादै न्यायाधीश बालमुकुन्द दवाडीको एकल ईजलासले आरोपीलाई तारेखमा छोड्न आदेश दियो ।

आजको नयाँ पत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*