७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ, विनासर्त रिहा गर्न विप्लवको माग

२०७५, २४ श्रावण बिहीबार ०९:४४

काठमाडौं २४ साउन । विभिन्न उद्योगी व्यवसायीबाट सात करोड चन्दा असुली गरेको अरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडुगबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरिएको छ ।

हेटौंडाबाट काठमाण्डौ आउनेक्रममा उनीसहित केन्द्रिय सदस्य मनबहादुर श्रेष्ठ र हरिचन्द्र आर्चायलाई प्रहरी प्रधान कार्यालयको टोली सहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानीको चाल्नाखेलबा मंगलबार पक्राउ गरेको हो । तीनै जनालाई महानगरीय परिसर टेकुमा राखिएको छ । चन्दा ऐन २०३० बमोजिम मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

विनासर्त रिहा गर्न माग 

विना कारण प्रकाण्ड सहित ३ नेतालाई पक्राउ गरिएको भन्दै नेत्र विक्रम चन्द विप्लवले आपत्ती जनाएका छन् । बुधबार विज्ञीप्ती जारी गर्दै उनले राजनीतिक मुल्य मान्यता विपरित कायरतापुर्ण ढङगले पक्राउ गरिएको दाबी गरेका छन् ।

नेकपा क्रान्तीकारी माओवादीका महासचिव मोहन बैद्य किरणले पनि विज्ञीप्ती निकालेर प्रकाण्ड पक्राउको विरोध गरेका छन् । कम्यूनिष्ट भन्नेहरुकै सरकारले क्रान्तिकारीलाई गिरफ्तार गर्नु बिडम्बना भएको विज्ञप्तीमा उल्लेख छ ।
आजको नयाँ पक्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*