बलात्कारपछि हत्या गरिएको युवतीको अन्त्यष्टि हुन १ वर्ष

२०७५, २४ श्रावण बिहीबार ०९:२८

काठमाडौं २४ साउन । २०७४ जेठ ५ मा बलात्कारपछि हत्या गरिएको लतितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गद हुन पनि एक वर्ष लाग्यो ।

अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराज रनपैली डल्लुस्थित एक घरको फरक कोठामा भाडामा बस्थे । छिमेकीका हिसाबले चिजान र कुराकानी स्वाभाविक थियो । यसको फाईदा उठाउँदै विश्वराजले अमृतालाई बलात्कारपछि हत्या गरे । अदालतमा मुद्धा चल्यो ।

अमृताको परिवारले अपराधीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लियो । ०७४ जेठ १६ मा दर्ता गरिएको मुद्धा जिल्ला अदालतम काठमाडांैले २०७४ साउन २८ मा दर्ता गरिएको मुद्धाको जिल्ला अदालत काठमाडौंले ०७५ जेठ २८ मा विश्वराजलाई दोषि ठहर गर्दै सर्वस्वसहित जन्मकैद र पीडितलाई ५० हजार क्षतिपुर्ती भराउने फैसला गर्यो ।

आजको नयाँ पत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*