बलात्कार : ४ जना प्रधानन्यायाधीश फेरीए तर पुजाको पीडा उस्तै, मुलुकभर हरेक दिन ३ जना बलात्कारको सिकार

२०७५, २४ श्रावण बिहीबार ०९:१५
File Photo

काठमाडौं २४ साउन । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात बर्षअधि सामुहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नसालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे ।

न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्धामा २२ फागुनमा ०६९ मा पीडकलाई ८ बर्ष कैद र पाँच हजार जरीवानाको फैसला सुनाइयो । तर पीडक तत्कालीन पुनरावेदनका मुख्य न्यायधीश रमेशप्रसादराज भण्डारी र नरबहादुर शाहीको संयुक्त ईजलासले पिडक दुवैलाई सफाई दियो । जसले पुजोका घाउ थप बल्झायो । उनले राष्ट्रिय पत्रिका मार्फत तत्कालीन कानुनमन्त्री नरहरी आचार्यलाई खुलापत्र लेखिन् । मेरो जिवन निमोठ्ने निर्दोष हुन् ?

उनको खुलापत्रले सामाजिक बहस सुरु भयो । पुजाले पुनरावेदनको फैसला विरुद्ध सर्वोच्च अदालतमा चार प्रधानन्यायधीशले आफ्नो कार्यकाल पुरा गरिसके । तर ३ पुस ०७१ म दर्ता भएको मुद्धाको अहिलेसम्म छिनोफानो भएको छैन् ।

चार बर्षमा ४ हजार ४ सय ४५ महिला बलात्कृत, हरेक दिन ३ जना बलात्कृत

नेपालमा हरेक दिन औषत ३ जना महिला बलात्कृत हुने गरेका छन् । अन्य २ महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तत्थ्याङक अनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तत्थ्याङक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात हरेक दिन वर्ष १६ प्रतिशतका दरले बढेको छ ।
बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तत्थ्याङकले देखाँउछ । नेपाल प्रहरी तत्थ्याङक अनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारका सिकार भएका छन् ।

आजको नयाँ पत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...