विप्लवका प्रवत्ता प्रकाण्ड पक्राउ

२०७५, २३ श्रावण बुधबार १५:००

काठमाडौं २३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड पक्राउ परेको काठमाडौंका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई नेपाल प्रहरीले काठमाडौंको नागढुङगाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता हुन् । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*