मकवानपुरको राई गाउँ जाँदै गरेको बस खोलाले बगायो

२०७५, २१ श्रावण सोमबार १८:१८
file photo

मकवानपुर, २१ साउन । मकवानपुरको हेटौँडाबाट बाग्मती गाउँपालिकाको राई गाउँतर्फ जाँदै गरेको यात्रुबहाक बसलाई बाग्मती गाउँपालिका वडा नम्बर ४ मा रहेको लम्कना खहरेले बगाएको छ ।

हेटौँडाबाट राईगाउँतर्फ जाँदै गरेको ना १५ ख १६१८ नम्बरको यात्रुबहाक बस फसेपछि निकाल्न नसकिएको र निरन्तर वर्षाका कारण खहरेमा आएको बाढीले बसलाई बगाएको राई गाउँबाट शिक्षक प्रमोद कुमार राईले जानकारी दिएका छन् ।

तस्बिर–आशबहादुर लामा

खोलाले बस बगाउँदा कुनै मानवीय क्षति नभए पनि बसमा भएको करिब ५ लाख बराबरको खाद्यपदार्थ तथा सरसामानमा क्षति पुगेको छ । बस उक्त स्थानमा रहेको बाग्मती नदिबाट केबल डेढ सय मिटर जतिको मात्र दुरीमा रहेकोले थप बाढी आएमा बसलाई बाग्मती नदीले बगाउने खतरा समेत रहेको छ । बिहान ८ बजे छुटेको बस दिउँसो उक्त स्थानमा फसेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*