यसरी भयो हेटौंडाका पानी उत्पादन गर्ने कम्पनीमा अनुगमन

२०७५ श्रावण १७,बिहीबार २१:३६
Featured Video Play Icon

मकवानपुर १७ साउन । मकवानपुरको हेटौंडामा रहेका पानी उत्पादक कम्पनीहरुको अनुगमन मकवानपुरको प्रशासनले गरेको छ ।

माई चोईस , आक्वा टाईम र अमृत जल नामक पानीमा किरा भेटिएको समाचार तु खबरमा प्रकाशन भएपछि जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला निकायका प्रमुख र पत्रकारहरु सहित आज पानी कम्पनीहरुको अनुगमन भएको हो । अनुगमनका क्रममा पानी कम्पनीहरुमा कुच्चीएको जार प्रयोग भएको , जारमा पानी भर्ने स्थान फोहोर भएको , केहि पानी कम्पनीहरुमा कम्पनीको नामको बोर्ड समेत नभएको र कामदाहरुले न्यूनतम आचारसंहिता समेत पालन नगरेको पाईएको थियो ।

पानीको गुणस्तर चेकजाँचको लागि खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रयोगशालामा लगेको छ । पानी दुषित छ वा छैन त्यसको नतिजा १ हप्तामा आउने समेत कार्यालयले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*