युएईमा भएका अबैधानिक नेपालीलाई खुशीको खबर–आजदेखि युएईमा ३ महिना आममाफी लागू

२०७५, १६ श्रावण बुधबार ११:२८

युएई, १६ साउन । युएईमा अवैधानिक रुपमा बसिरहेका नेपालीहरुलाई ३ महिनाको लागि आममाफी दिइएको छ । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि अगस्ट १ बाट ३ महिनासम्मका लागि आम माफी दिएका कारण नेपालीले पनि यो मौका पाएका हुन् ।

३ महिने आममाफी सुरु भएसँगै नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । आममाफीपछि बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र बिना सजाय आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।

नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । यो अवधिमा भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

त्यस्तै अवैधानिक भएकाले विनाकुनै जरिवाना वा जेल सजाय युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने छ । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*