विरोध र्याली गर्दै हेटौँडाको सडकमा यसरी उत्रिए काँग्रेस कार्यकर्ताको हुल (भिडियो)

२०७५ श्रावण १५,मंगलवार १५:०९
Featured Video Play Icon

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो ।

नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले मकवानपुरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । सरकारविरुद्ध कडा नारासहित विरोधमा उत्रिएको जुलुस बुद्धचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा सांसद इन्द्रबहादुर बानियाँ लगायतले सरकारको चर्को आलोचना समेत गरेका थिए । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*