हेटौँडाको सगरमाथादेखि ग्रेस एजुकेशन लगायतका ६ वटा शैक्षिक संस्थाका संचालकहरु पक्राउ

२०७५, ९ श्रावण बुधबार २०:०६
File Photo

मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडामा प्रकृया पुरा नगरी संचालन भएको भन्दै ६ वटा शैक्षिक संस्थाका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा–४ मा अवस्थित जापानिज भाषा पढाउने ह्यान्ड्स् फर हेल्प एजुकेशन माईग्रेसन सेन्टर (Hands for help Education migration center) का संचालक हेटौडा–२ बस्ने बर्ष २९ को अरुण बर्तौलालाई र हेटौँडा ४ मै रहेको आएल्ट्स् (IELTS) पढाउने साई राईज हाई एजुकेसन (Sai Rise High Education) का संचालक हेटौँडा–६ का २६ वर्षीय रुशन लुईटेललाई पक्राउ गरेको छ । उनीहरु दुबैले शिक्षा मन्त्रालयको स्विकृति समेत नलिई सेन्टर सञ्चालन गरेको बताइएको छ ।

त्यस्तै हेटौँडा ४ बाट नै अंग्रेजी भाषा पढाउने नेक्स्ट प्वाईन्ट एजुकेशन कन्सल्टेन्सी (Next Point Education Consultancy) का संचालक हेटौँडा ४ बस्ने बर्ष ३२ को केशवराज सेढाई, सोही स्थानमै अंग्रेजी भाषा तथा बिभिन्न बिषयको ट्युशन पढाउने सगरमाथा एकेडेमी फाउण्डेशन अफ एजुकेशन कन्सल्टेन्सीका संचालक प्रज्ञा कुमारी श्रेष्ठको श्रीमान बागमती गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष ३२ को दिपेन्द्र श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । नेक्स्ट प्वाईन्टले शिक्षा मन्त्रालयको स्विकृति नलिएको र सगरमाथाले शिक्षा मन्त्रालयबाट स्विकृति नलिनुका साथै ट्युशन सेन्टरको रुपमा सञ्चालित भएको र दर्ता गर्दा कन्सल्टेन्सी उल्लेख भएको प्रहरीले बताएको छ ।

हेटौँडा ४ मै रहेको IELTS पढाउने जेनिथ फाउण्डेशनका संचालक हेटौँडा ५ बस्ने बर्ष २६ को दिपक घिमिरे र हेटौँडा १० मा रहेको IELTS पढाउने ग्रेस हेटौँडा एजुकेशनल कन्सल्टेन्सीका संचालक हेटौँडा ५ बस्ने बर्ष ३८ को उत्तम अर्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । ती दुबै संस्थाले शिक्षा मन्त्रालयको स्विकृति नलिई संस्था चलाएको बताइएको छ ।

ती संचालकहरुले अबैध रुपमा शैक्षिक परामर्श, भाषा शिक्षा केन्द्र, ट्युसन तथा कोचिङ केन्द्रहरु खोली कार्य गरिरहेको र अध्ययन भिसामा पठाई बिभिन्न देशहरुमा राम्रो काम पाउने र राम्रो काममा लागईदिने भनी प्रलोभन दिएर युवा युवतीहरुलाई उच्च दर रेटमा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले दाबी गरेको छ ।

एजुकेशन सेन्टर तथा कन्सल्टेन्सीबाट विदेशमा जाने युवा युवतीहरु बिभिन्न देशहरुमा मानव बेचबिखन जोखिममा परेको भन्ने बिभिन्न जनगुनासोहरु अईरहेकोमा समयमा मकवानपुमरा समेत त्यस्तो गतिविधि देखिएपछि गएको असार १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्यस्ता शैक्षिक संस्थाहरु अनुमति लिएर मात्र संचालन गर्न र अविलम्व दर्ता गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो ।

सूचना जारी भएपश्चात पनि नेपाल सरकारको निति नियम तथा सुचना समेतलाई अबज्ञा गरी कारोवार सन्चालन गरेको भन्दै वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले ती संचालकहरुलाई पक्राउ गरी आवस्यक कार्वाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*