भारतमा अब सेल्फी खिच्दा पनि पैसा पाईने

२०७५, ३२ असार सोमबार १५:२७

भारत, ३२ असार । सेल्फी खिच्दा पैसा पाईन्छ भन्ने कुरा सुनेर तपाईलाई अचम्म लाग्ला तर भारतमा साँच्चै सेल्फी खिचेर अपलोड गर्दा समेत पैसा आउने भएको छ । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत पैसा दिने निर्णय गरेको हो ।

इन्डियन एक्सप्रेसका अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा रोपिरहेको सेल्फी खिचेर एपमा अपलोड गर्दा प्रत्येक ६ महिनामा ५० भारु प्रोत्साहनस्वरुप पाइने बताइएको छ । हरियाणा राज्यलाई हराभरा बनाउने उद्देश्यसहित ‘पौधागिरी’ अभियान अन्तर्गत यस्तो निर्णय गरिएको हो ।

मुख्यमन्त्री मनोहर लाल खट्टरले आइतबार गुरगाउँमा एक रुख रोपेर सो अभियानको थालनी गरेका छन् । विद्यार्थीहरुलाई कुन एपमा फोटो अपलोड गर्ने भन्नेबारे चाँडै नै जानकारी दिइने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*