मेरो देश नेपाल

२०७५, २९ असार शुक्रबार १९:१६

कविता
–अभिलाषा धिताल
जीएस निकेतन, हेटौँडा ४

सँस्कृति छुट्टै चिनारी बेग्लै नेपाली मनको
सम्यक देश अनौठो भेष वीर यी जनको
नवको शशी प्रफुल्ल देखे मयूर नाचेको
नेपाली दुःख सुखमा पनि मिलेर बाँचेको

भ्रातृत्व राख्छ शेर्पाली यहाँ मुसुक्क हाँस्दछ
पाल्पाली पनि मुसुक्क हाँसी प्रीत त्यो गाँस्दछ
लेक र बेँसी तराई फाँट सुन्दरता अनन्त
भाष्कर शशी जसरी हाम्रो सौन्दर्य जीवन्छ ।

पुर्खाको आँट साहसले गर्दा नेपाली बाँचेको
अफसोच् आज नेपाली खै त त्यै बाटो लागेको
अशान्ति हिंसा बन्द र द्वन्द्व अधिक बढ्दैछन्
बैतडी डोल्पा गएर हेर मानिस मर्दैछन् ।

देशका युवा अब त जाग विदेश नलाग
सरकार पनि जनता निम्ति अब त केही गर
नबस जनता यत्तिकै अब विकासमा लाग
समृद्धि अनि विकासको त्यो गोरेटोमा भाग

चहान्छु म त देशका निम्ति लड्न र मर्न
यो देश अनि यो माटो लाई सिन्चित गर्न
हे दैव मेरा मलाई देऊ अपार क्षमता
पवित्र मेरो देशमा मैले देखाऊ दक्षता ।।

(आदिकवि भानुभक्त आचार्यको २ सय ५ औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले २०७५ असार २९ गते हेटौँडामा आयोजना गरेको प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगितामा उत्कृष्ट भएका ३ कविताहरु मध्येको एक कविता ।)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*