वातावरणको चरित्र

२०७५, २९ असार शुक्रबार १८:५९

कविता
-ऋचा कोइराला,
हेटौँडा एकेडेमी, हेटौँडा ११

हो सबैको जीवनकी आधार
गर्नुभएन कसैले यसको हेला र तिरस्कार

हामी जन्मछाँै यही मछाँै यही
त के यसलाई बिगार्नु हाम्रो काम मै हो त्यही
हाम्रो काम त हो यसको पवित्रता
मनका राखी राम्रो भाव यसप्रति बदलौँ आफ्नो चरित्रता

हामीलाई लाउनदेखि खान त्यसैको आवश्यकता
त्यसैले हाम्रो कर्तव्य त हो यसैको कञ्चनता
आफूमा सर्वस्व समेटेको छ राम्रो नराम्रो दुवै
हो मानिसको ईश्वर छ ठूलो खुवै

पहाडदेखि हिमालसम्म यही नै छ
मार्ग देखि लक्ष्यसम्म पनि यही नै छ
कहिले आकाशबाट सुक्क सुक्क रुई खसाँल्छ मनको भाव
उसको त्यो भावमा पनि हुन्छ हामी मानिसकै लाभ

सबैलाई व्यवहार गर्छ समान रुपमा
विहानको सुरुवात गर्छ नयाँ अवसरको धूपमा
कहिले रुवाउँछ ल्याई, आँधी र बेरी
त कहिले खुसाउँछ पारी पानी खेतको कुलो नेरी
भन्न सक्छाँै हामीले यसलाई मानवीय जीवनको ऋण
थोरै खसाउँछ त धेरै जोगाउँछ यसको मानवको प्राण ।

(आदिकवि भानुभक्त आचार्यको २ सय ५ औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले २०७५ असार २९ गते हेटौँडामा आयोजना गरेको प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगितामा उत्कृष्ट भएका ३ कविताहरु मध्येको एक कविता ।)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*