प्रदेशको राजधानी काभ्रे सार्दा यस्तो विजोक हुनसक्ने

२०७५, २८ असार बिहीबार १०:३१

मकवानपुर २८ असार । विहिबारको अविरल बर्षाको कारण काभ्रे जिल्लाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । बर्षाकै कारण सवारी साधनहरु समेत संचालनमा आउन सकेका छैनन् । मानव जनजिवन समेत अस्तव्यस्त बनेको छ । प्राकृतिक प्रकोपको रुपमा आउने यस्ता समस्याबाट बढी प्रभावित हुने काभ्रे जिल्लामा प्रदेशको राजधानी सार्दा जोखिम बढ्न सक्ने बुद्धिजिविहरुको अनुमान छ । राजधानी भएसंगै मानिसको चाप बढ्ने साथै भौतिक निर्माण समेत बढ्ने भएका कारण यस्तो स्थानमा राजधानी सार्नु धातक हुन सक्ने मकवानपुरेहरुको भनाई छ ।

प्रदेश ३ को राजधानी बारे सम्भाव्यता अध्ययन गर्न गठन भएको विशेष समितिले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मकवानपुरलाई वर्णानुक्रमको आधारमा भन्दै अन्तिम स्थानमा र काभ्रेलाई पहिलो स्थानमा राखेर प्रतिवेदन बुझाइएको विषयमा समेत मकवानपुरमा विरोध सुरु भएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*