डा. केसीको मागमा गम्भीर बन्न हेटौँडाबाट आग्रह

२०७५, २७ असार बुधबार १९:५५
Photo: The himalayan Times बाट साभार

मकवानपुर, २७ असार । बौद्धिक मंच मकवानपुरले अनसनरत डा. गोबिन्द केसीको मागका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै मंचका अध्यक्ष सम्राट तुम्बाहाङ्फेले डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

विज्ञप्ति मार्फत मुलुकमा देखिएको विभिन्न समस्या समाधान गरी राष्ट्रियता र मुलुकको सार्वभौमप्रति जिम्मेवार बन्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...