महिला फुटबलमा मकवानपुरको विजयी सुरुवात

२०७५, २७ असार बुधबार १९:४६

हेटौँडा,२७ असार । मकवानपुरको हेटौँडामा आजबाट सुरु भएको उपराष्ट्रपति महिला फुटबल प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा हेटौँडाको हुप्र चौरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरले स्याङ्जालाई ४–० गोलअन्तरले पराजित गरेको हो । मकवानपुरको लागि सुजिता भोम्जनले ह्याट्रिक पुरा गरिन् भने सम्झना क्षेत्रीले एक गोल गरेकी हुन् ।

प्रतियोगितामा मकवानपुर सहित बर्दिया, मकवानपुर, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाण्डौ, नवलपरासी, बाँके, रुपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन तथा ताप्लेजुङ जिल्लाले प्रतिस्पर्धा सहभागी छन् ।

मकवानपुर र रौतहटमा एकै साथ भइरहेको छनौट खेलमा प्रथम हुने टिमले काठमाण्डौँमा हुने महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*