मध्यमामञ्चलमा जिल्ला कृषि विकास कार्यालय मकवानपुर प्रथम

२०७५, २७ असार बुधबार १९:३९

मकवानपुर, २७ असार । मध्यमाञ्जल क्षेत्र अन्तर्गत रहेका १९ वटा जिल्ला कृषि विकास कार्यालयहरुमा समग्र कार्य सम्पादनका आधारमा गरिएको मुल्याङ्कनका आधारमा जिल्ला कृषि विकास कार्यालय मकवानपुर प्रथम हुन सफल भएको छ ।

जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि विकास अधिकृत निर्मल गदालका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा १९ वटा जिल्ला कृषि विकास कार्यालयहरु मध्ये सुशासन, कार्यालय व्यवस्थापन, कार्यक्रमको प्रभावकारिता, कर्मचारीहरुको सन्तुष्टि र सरोकारवालाहरुको प्रतिक्रिया आदि सूचांकहरुको आधारमा जिल्ला कृषि विकास कार्यालय मकवानपुर प्रथम भएको हो ।

क्षेत्रीय कृषि निर्देशनालयले प्रथम भएकोमा कार्यालयलाई नगद १२ हजार सहित प्रशंसा पत्र समेत प्रदान गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*