काठमाडौँबाट चोरी भएको मोटरसाईकल हेटौँडाबाट फिर्ता

२०७५, २७ असार बुधबार १८:४८

मकवानपुर, २७ असार । वि.सं. २०७४ साल मंसीर ७ गते मध्यरातमा काठमाडौँको बुढानिलकण्ठबाट चोरी भएको मोटरसाईकल हेटौँडामा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ ।

यही असार २३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधुकुमार थापा समेतको कमाण्डमा खटीएको चेकिङ टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ फायरलाईन जंगलबाट कागज पत्र नभएको नम्बर प्लेट परिवर्तन गरेर ना ५१ प ३२९३ नम्बर लेखिएको मोटर साईकल आवस्यक अनुसन्धानको लागी भनेर नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानका क्रममा उक्त मोटरसाईकल बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने रामशरण राउतको बा ९० प ४०७५ नम्बरको भएको पत्ता लागेको हो । घरमा पार्किङ गरिरहेको अवस्थामा रातको १२ बजे हराएकोमा उक्त मोटरसाईकल हराएपछि मोटरसाईकल धनीले नेको ईन्सुरेन्स लिमिटेडबाट क्षतिपुर्ती भरपाई लिएका थिए । क्षतिपुर्ति समेत लिइसकेका कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेको ईन्सुरेन्स लिमिटेडसँग समन्वय गरी उक्त मोटरसाईकल धनीलाई बुझाएको जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...