हेटौँडामा आजदेखि उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल, उद्घाटनमा मकवानपुर र स्याङ्जा भिड्ने

२०७५, २७ असार बुधबार १६:२३

मकवानपुर, २७ असार । हेटौँडाको हुप्रचौरमा आजदेखि उपराष्ट्रपति महिला फुटबल प्रतियोगिता–२०७५ सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ –एन्फा) को वार्षिक क्यालेन्डर अनुसार जिल्ला फुटबल संघ मकवानपुरसँगको समन्वयमा प्रतियोगिता हुन थालेको हो ।

जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टिकाराम लामाका अनुसार प्रतियोगितामा १३ वटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा मकवानपुर, बर्दिया, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाडौं, नवलपरासी, बाँके, रुपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन र ताप्लेजुङ रहेका छन् ।

प्रतियोगिताको अहिले केही बेरमा उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । करिब २० लाख रुपियाँ लागत अनुमान गरिएको प्रतियोगिताका लागि १४ लाख रुपियाँ केन्द्रबाट प्राप्त हुने र बाँकी संघले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको विजेताले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी हुने मौका प्राप्त गर्नेछ । साथै विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था समेत गरिएको छ ।

मकवानपुर र रौतहटमा एकै पटक हुने छनौँट खेलमा प्रथम हुने टिमले काठमाण्डौँमा हुने महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...