मकवानपुर प्रहरीद्वारा ९ थान मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता

२०७५, २७ असार बुधबार १६:०८

मकवानपुर, २७ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका तथा चोरी भएका विभिन्न मोडलका मोबाईल फेला पारी मोबाईल धनीलाई फिर्ता गरेको छ । कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटेको बिशेष टोलीले फेला पारेको मोबाईल आज हस्तान्तरण गरिएको हो ।

प्रहरीले हेटौँडा ५ बस्ने उमा रुम्बा, हेटौँडा ११ नवलपुर बस्ने नवराज खनाल, हेटौँडा १२ बस्ने मीना गोपाली, हेटौँडा २ बस्ने हर्सा लामा, हेटौँडा १० बस्ने मोनिमय बाग, हेटौँडा १ १ बस्ने गोबिन्द मिश्र, हेटौँडा १२ बस्ने कमला घले, वडा नम्बर १२ मै बस्ने कृष्ण प्रसाद लामिछाने र हेटौँडा ५ बस्ने बिमला कुमारी सारुको मोबाईल फेला पारी बुझाएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*