राजधानी रहने जिल्लामा मकवानपुर पुछारमा, काभ्रे सिरानमा

२०७५, २७ असार बुधबार १५:१०

हेटौंडा, २७ असार । ३ नम्बर प्रदेशको स्थायी राजधानी रहने सम्भावित जिल्लाहरुको सूचिमा हाल अस्थायी राजधानी रहेको मकवानपुरलाई सबैभन्दा पुछारमा राखिएको छ । प्रदेश ३ को राजधानी बारे सम्भाव्यता अध्ययन गर्न गठन भएको विशेष समितिले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मकवानपुरलाई वर्णानुक्रमको आधारमा भन्दै अन्तिम स्थानमा र काभ्रेलाई पहिलो स्थानमा राखेर प्रतिवेदन बुझाइएको हो ।

करिब दुई महिनाको सयम लगाएर स्थलगत अध्ययन तथा प्रश्नावलीका आधारमा समितिले तयार पारेको भनिएको प्रतिवेदनमा वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर राजधानीका लागि उपयुक्त भएको उल्लेख गरिएको समितिका सभापति दीपक निरौलाले जानकारी दिएका छन् ।
समितिले भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रबिन्दुलगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम तोक्ने भनिएको भएता पनि वर्णानुक्रमअनुसार नाम सिफारिस गरिएको हो । समितिले सभामुखलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएसँगै सदनमा प्रदेशका स्थायी राजधानी कायम गरियोस् भन्दै दर्ता भएका प्रस्तावहरु स्वतः खारेज भएको बताइएको छ ।

सांसद दिपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालिन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खडका र जगत सिम्खडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाईं, राप्रपाका रिता माझी र राप्रपा (प्रजातान्त्रिक) का रिना गुरुङ सदस्य रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...