युएईमा नेपाली कामदारको स्वास्थ्य जाँच हुँदै

२०७५, २५ असार सोमबार १३:११

युएई, २५ असार । युएईमा नेपाली कामदारहरुको स्वास्थ्य जाँच शिविर संचालन भइरहेको छ । एनआरएनए युएई अलऐन क्षेत्रीय समितिले नियमित स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

अलऐनको मेडीअर अस्पतालसँगको समन्वयमा समितिले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सचेतना अभियान अन्तर्गत गएको जनवरीदेखि नियमित शिविर सञ्चालन गरिरहेको क्षेत्रिय अध्यक्ष गोपाल पौडेलले जानकारी दिएका छन् ।

हरेक हप्ता फरक फरक रोगको परीक्षण गरिने शिविरमा कामदार बस्ने क्याम्पबाट स्वास्थ्य आउन जानका लागि यातायात र खाजा खर्चको पनि व्यवस्था गरिएको छ । शिविरमा अहिलेसम्म चार सय जनाले सेवा लिएको समितिले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*