राक्सिराङ गाउँपालिकामा ४२ करोड ३३ लाख ७९ हजार बजेट पारित

२०७५, २४ असार आईतवार २०:०१

मकवानपुर,२४ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार सम्पन्न तेस्रो गाउँ सभाले गत असार १० गते प्रश्तुत गरिएको नीति तथा कार्यक्रम सहित बजेट पारित गरेको हो । कुल ४२ करोड ३३ लाख ७९ हजारको बजेट प्रश्तुत गरिएकोमा गाउँ सभाले पारित गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

गाउँपालिकाले चालु तर्फ ५ करोड ३९ लाख १४ हजार रकम बिनियोजन गरेको थियो भने पूँजीगत तर्फ ३३ करोड ४४ लाख ६५ हजार तथा सामाजिक सुरक्षा तर्फ ३ करोड ५० लाख रकम बिनियोजन गरेकोमा सबै बिषयगत समितिहरुको छलफलपछि आइतबार बजेट पारित भएको अध्यक्ष मल्लले बताए । खासगरी राक्सिराङ गाउँपालिकाले कृषि, विद्यूत, पर्यटन र पूर्वाधार राक्सिराङ विकासका आधार नारा तय गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्ल सहित उपाध्यक्ष निर्मला डिमडुङ लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*