प्रदेश ३ को आर्थिक विधेयक पारित

२०७५, २२ असार शुक्रबार ०९:३५

हेटौँडा,२२ असार । प्रदेश नम्बर ३ को प्रदेश सभामा पेश गरिएको आर्थिक वर्ष २०७५–०७६ को आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ । बिहीबार हेटौँडामा बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको आर्थिक वर्ष २०७५–०७६ को आर्थिक विधेयक पारित गरेको हो ।

विधेयकमाथि १२ जना सांसदहरुले मिश्रित प्रतिक्रिया दिएपछि आर्थिक मामिला तथा योजना ढुंगेलले सरकारको तर्फबाट सुझाव तथा प्रश्नहरुको जवाफ दिएका थिए । प्रदेश ३ को आगामी बैठक साउन ३ गते बस्ने भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*