हेर्नैपर्ने भिडियो–केपी ओली सरकारको विरुद्धमा बानियाँको कडा टिप्पणी

२०७५, २१ असार बिहीबार २१:०६
Featured Video Play Icon

मकवानपुर, २१ असार । काँग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखहरुको पद खोसिनु भनेको सरकारको दम्भ भएको आरोप लगाएका छन् ।

आज प्रदेश नम्बर ३ को प्रदेशसभामा बोल्दै उनले नेपाली काँग्रेसले हिजोका दिनमा मानवताका हिसाबले सबै कुरा त्यागेर शान्ति सम्झौतामा आएको स्मरण गरे । उनले केपी शर्मा ओलीको निर्णय दम्भमा आएको बताए । उनले अधिनायकवादी बनेर देश नबन्ने बताए । उनले शब्दले सुख समृद्धि नआउने बताउँदै निर्णय नै जनताको विपक्षमा गर्ने ओली नेतृत्व सरकारले देश र जनताको पक्षमा नआउने बताए । उनले नेपाली काँग्रेस अब ८० प्रतिशत हिन्दुको पक्षमा आउने दिनमा पुगेको बताए । डा. गोबिन्द केसीको पक्षमा समेत बोल्दै उनले सरकारले जनताको बेवास्ता गरेको बताएका छन् । हेर्नुहोस् बाँकी कुरा भिडियोमा–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...