प्रदेश प्रमुखहरुको पद खोसिने सम्भावना बढ्यो, यस्तो छ कारण

२०७५, २१ असार बिहीबार ०८:४९

काठमाडौँ, २१ असार । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सात प्रदेशका प्रदेश प्रमुखहरुमध्ये ५ को पद खोसिने सम्भावना बढेको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारले भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरुको पद पनि धरापमा परेको हो ।

देउवा नेतृत्वको सरकारले गत माघ ३ गते एकलौटी ढंगले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् ।

प्रदेश प्रमुखहरुको नियुक्ति र बदर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेकोले यदि ओली सरकारले नियुक्ति बदरको सिफारिस गरेमा राष्ट्रपतिले त्यसलाई सदर गर्नुपर्ने अवस्था आउँछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...