पुस मै पानीजहाज चलाउने ओलीको सपना कता ? पानी जहाज कुन मन्त्रालयको हुने ?

२०७५, २१ असार बिहीबार ०८:२७

काठमाडौं, २१ असार । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यस सम्बन्धी विशेष समाचार छापिएको छ ।

प्रधानमन्त्री ओलीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो ? सरकारलाई पनि थाहा छैन । ऊर्जा तथा जलस्रोतले हो कि पर्यटन तथा संस्कृतिले ? यातायात तथा पूर्वाधारले हो कि वाणिज्य तथा आपूर्तिले ? सबै मन्त्रालयलाई सम्पर्क गर्दा कसैलाई पनि थाहा छैन ।

नेतृत्व गर्ने निकाय नै नभएकाले यो परियोजनाको अध्ययन गर्ने, प्राविधिक जनशक्ति नियुक्ति गर्ने तथा पूर्वाधार निर्माण गर्ने कसले भन्ने थाहै छैन । सबै मन्त्रालयमा सम्पर्क गर्दा जिम्मेवार अधिकारीहरू हाँसेर टार्छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...