नेपालको सपनाको पानी जहाजले के बोक्छ ? कहाँ चल्छ ?

२०७५, २१ असार बिहीबार ०८:२१

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपनामाथि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

सरकारले कोसी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेटमा गरेको छ । बजेटलाई आधार मान्ने हो भने अध्ययन गर्न मात्रै एक वर्ष लाग्छ । नेपालमा जलमार्ग चलाउन भारतसँग सम्झौता भएको छ । तर, कुन रुटमा चलाउने भन्ने अध्ययनसमेत भएको छैन ।

प्रारम्भिक अध्ययनसमेत नभएकाले कुन नदीमा चलाउन सकिन्छ, जहाजमा के बोक्न सकिन्छ र पूर्वाधार कसले बनाउँछ भन्ने विषयमा अनुमानसमेत गर्न नसकिएको वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए । अध्ययन भएपछि बन्दरगाह, मल्टीमोडेल टर्मिनल, पार्किङलगायतका पूर्वाधार बनाउनुपर्छ । त्यसका लागि कम्तीमा थप एक वर्ष लाग्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*