नेपाललाई समुन्द्र जोड्ने सम्भावित बाटो यस्तो छ

२०७५, २१ असार बिहीबार ०८:१६

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको जहाजको सपनालाई मुर्तरुप दिने ठोस योजना अघि सारिएको छैन तर पनि नेपाललाई समुन्द्रमा जोड्ने विभिन्न माध्यमहरुको खोज अनुमान गरिएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समेत यही विषयमा समाचार छापिएको छ ।

कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको अनुमान छ । कारागोलाबाट कोलकाता र हल्दियासम्म पुग्न सकिने अनुमान छ । यसका लागि अध्ययन गर्न ऊर्जा मन्त्रालयले कार्यदल गठन मात्र गरेको छ ।
यसले कहिले काम गर्छ र के सुझाब दिन्छ, लगानी कति लाग्छ र जहाजले के बोक्छ भन्ने जानकारी नपाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुसमा पानीजहाज चल्ने घोषणा गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...