प्रदेश चारको नाम ‘गण्डकी’ नै रहने पक्का

२०७५, २० असार बुधबार १९:४७

कास्की, २० असार । प्रदेशको नाम बारे विवाद भएता पनि अन्ततः प्रदेश ४ को नाम ‘गण्डकी’ नै रहने पक्का भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो ।

नेकपाभित्रै प्रदेशको नामबारे विवाद भएपछि मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

नयाँशक्ति बाहेक सबै दल गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् ।
तत्कालीन एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि तत्कालीन माओवादीका सांसदले तमुवान–मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेशको नाम गण्डकी राख्ने भनेर सुझाव दिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...