१७ वर्षीय पुन्टे अदालतमा

२०७५, २० असार बुधबार १९:१९

काठमाडौँ, २० असार । कर्तव्य ज्यान मुद्धामा फरार रहेका १७ वर्षीय पुन्टे उर्फ युवराज क्षेत्री भनिने युवराज कटुवाललाई अदालत पेश गरिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले कर्तव्य ज्यान मुद्दाका फरार उनलाई एकान्तकुनाबाट पक्राउ गरेको हो ।

सोलुखुम्बु जिल्लाको साविक तिङ्ला गाविस–७ का कटुवाल अदालतबाट फैसला भएर कैद जरिवाना तोकिए पनि फरार रहेका थिए । कटुवाललाई ललितपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ६ महिना ५ दिन कैद सजाय फैसला गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...