बाढीले नेपालगञ्ज डुबायो

२०७५, १८ असार सोमबार १३:१५

बाँके, १८ असार । आईतबार रातिदेखि परेको अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्जको न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित समेत गरेको छ । उद्वारका लागि सुरक्षाकर्मीलाई ‘हाईअलर्ट’ मा राखिएको छ ।

बसपार्क, भृकुटीनगर, नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल लगायतका स्थानमा बाढी पसेको छ । बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् ।

पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज हरेक वर्ष डुबानमा पर्ने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*