वर्षाका कारण हेटौँडाको सडकमा भेल, वीरगञ्ज डुबानमा

२०७५, १८ असार सोमबार १३:०६

मकवानपुर, १८ असार । गए रातिदेखि भइरहेको अविरल वर्षाका कारण मकवानपुरसहित देशका विभिन्न भाग डुबानमा परेको छ । निरन्तर वर्षा भएका कारण मकवानपुरको हेटौँडा यतिखेर जलमग्न छ । सडकमा उचित ढल निकास नहुँदा वर्षाको भेल सडकमा उर्लिएको छ । अटो, मोटरसाईकल जस्ता सवारीलाई सडकमा गुडाउन समेत थप समस्या परेको छ ।

हेटौँडाका बसपार्क, कान्तिराजपथ, पारिजातपथ, टिसिएन रोड, राप्तीरोड लगायतका क्षेत्रमा बाटोमै परेका भ्वाङमा पानी जमेपछि यात्रुहरुलाई थप सास्ती परेको छ । त्यस्तै पर्साको वीरगञ्जको विभिन्न स्थान डुबानमा परेको छ । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...