शक्ति समूहकी सुनितालाई ‘हिरो’ अवार्ड, डोनाल्ड ट्रम्पकी छोरीद्वारा अवार्ड वितरण

२०७५ असार १५,शुक्रबार ११:३३

काठमाडौँ, १५ असार । अमेरिकी सरकारले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई दिँदै आईरहेको ‘टीआईपी हिरो’अवार्ड यस वर्ष शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई प्रदान गरिएको छ । दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गर्दै अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई प्रदान गरेका हुन् ।

दनुवारले मानब बेचबिखन बिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरीकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो अवार्ड अमेरिका सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठत मानिन्छ । सो अवार्ड प्राप्त गर्ने दनुवार दोस्रो नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिईन् ।

अमेरीकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउँदै उद्धार र पुनःस्थापना तथा कानुनी लडाइँमा सफलता प्राप्त गर्ने विश्वभरिका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्दछ । बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समुह विश्वकै पहिलो संस्था हो । समूह मानब बेचबिखन तथा आधुनिक दासताविरुद्ध २० वर्षदेखि निरन्तर क्रियाशील छ । अमेरिकी बिदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको रुपमा शक्ति समूहलाई मान्यता दिइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*