बिदामा घर आउँदा शसस्त्र प्रहरीद्वारा श्रीमतीको हत्या

२०७५, १२ असार मंगलवार १४:०४

कञ्चनपुर, १२ असार (रासस) । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए ।

‘बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।’ घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने– ‘खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।’ केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याइएको छ ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*