विश्वशान्ति तथा एकीकृत परिवार संघ मकवानपुरको आयोजनामा स्वस्थ मन शरीर र आत्माको रहस्य विषयक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

२०७५, ९ असार शनिबार २१:११

मकवानपुर ९ असार । विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल मकवानपुरको आयोजनामा मकवानपुरको हेटौंडामा १ दिने प्रशिक्षणात्मक कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ । “स्वस्थ मन शरीर र आत्माको रहस्य ” भन्ने विषयमा विभिन्न उमेर समुहका मानिसहरुलाई प्रशिक्षण दिने उदेश्यका साथ कार्यक्रम गरीएको विश्व शान्ति तथा एकिकृत परिवार संघ मकवानपुरका सह संयोजक प्रेम घलानले जानकारी दिए ।

कार्यक्रममा ब्रम्हाण्डिय शान्ति महासंघ (UPF) का महासचिव एवं सामाजिक अभियान्ता विनोद डाँगीले प्रशिक्षणलाई सहजिकरण गरेका थिए । प्रशिक्षणमा मन र शरीरलाई कसरी एक गर्ने , समाजमा शान्ति स्थापनाको लागि मानविय भुमिका कस्तो हुनुपर्ने , मानिस सफल र असफल हुने कारणहरु, मानिसले आफुलाई कस्तो आचरणमा लानुपर्ने , अरुका लागि किन समय दिनुपर्ने ,शरिर र आत्माको रहस्य के हो साथै पुर्खा र पितृकोले आफ्ना वंश को संरक्षणमा खेल्ने भुमिका लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि सभासद तथा पुर्व साँसद मिलन राजवँशीले प्रशिक्षणात्मक कार्यक्रम निकैनै प्रभावकारी रहेको बताईन् । उनले यसबारे अझै जानेर आफुमा परिवर्तन ल्याउन चाहानेहरुका लागि संस्थाले फेरीपनि यस्तै कार्यक्रमको आयोजना गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा तङ्लि मोदोका केन्द्रिय उपाध्यक्ष दिपक वास्तोला ,ब्रम्हाण्डिय शान्ति महासंघ पर्सा जिल्ला संयोजक हरी लोप्चन, संघकै अभियान्ता शान्ती वास्तोला लगाएतकोे आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा करीब ८० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रम ब्रम्हाण्डिय शान्ति महासंघ मकवानपुरका सह संयोजक प्रेम घलानको सभाध्यक्षतामा भएको थियो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...