बाराको कोल्हवी नगरपालिकामा आज विहानको चट्याङका कारण लाखौंको क्षती

२०७५, ७ असार बिहीबार ११:२३

अनिल प्रित
कोल्हवी ७ असार । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ प्रगती नगरमा चट्याङका कारण लाखौंको क्षती भएको छ ।

आज विहीबार विहान करीब ४ः३० बजे चट्याङ लागेपछि प्रगती नगरका नरवहादुर पौडेलको टायर जोत्ने रांगोको ज्यान गएको साथै घरमा भएको विद्युतिय समानहरु मिटरवक्स , पंखा र बोर्डहरु गरी करीब ८० हजार बराबरको क्षती भएको छ ।

साथै चट्याङ्कै कारण सोहि नगरका दलबहादुर पौडेलको घरमा भएको ३२ ईन्चको टि भी ,पंखा , सोलार ईन्भटर साथै घरको वायरीङ् जलेर करीब ५० हजार बराबरको क्षती भएको हो ।

चट्याङ्कै कारण माकुरी कुवर , थमराज सापकोटा लगाएत कोल्हवी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भण्डारीको समेत घरका मेसेनरी सामानहरुमा क्षती पुगेको ईलाका प्रहरी कार्यालय कोल्हवीका असई मिन बहादुर रमौलीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*