ग्रामिण समाजसेवी संस्थाको आयोजनामा ३ तिन दिने सास्कृतिक प्रर्वद्धन सम्बन्धी तालिम सम्पन्न

२०७५, ७ असार बिहीबार १०:४३

अनिल प्रित

कोल्हवी ७ असार । बाराको करैयामाई गाउँपालिकामा ३ दिने सास्कृतिक प्रर्वद्धन तालिम हिजो बुधबार सम्पन्न भएको छ ।
ग्रामिण समाजसेवी संस्थाको आयोजनामा असार ३ गतेदेखि ६ गतेसम्म भएको कार्यक्रममा आफनो संस्कृतीलाई कसरी जोगाउने , समाजमा बिकराल रुपमा बढ्दै गईरहेको दाईजो प्रथा र वालविवाह, वहुविवाह साथै सरसफाई सम्बन्धी विषयमा प्र्रशिक्षक हिरालाल चौधरी, जुहि महतो , गोपाल चौधरी र अरुन चौधरीले सहजिकरण गरेका थिए ।

३ दिनसम्म चलेको कार्यक्रममा करीब २५० जनाको सहभागीता रहेको संस्थाको उपाध्यक्ष गोतम चौधरीले बताए ।

कार्यक्रमा प्रमुख अथिति क्रमश पहिलो दिन करैयामाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उमेश चौधरी , दोश्रो दिन करैयामाई गाउँपालिकाकै उप–मेयर चित्ररेखा चौधरी र अन्तिम दिन सोहि गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र चौधरी रहेको संस्थाका अध्यक्ष रामनारायण चौधरीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*