हेटौँडामा खैलाबैला, छोटो कार्यकालमै मकवानपुरका एसपी श्रेष्ठ र डिएसपी झाको सरुवा

२०७५, ४ असार सोमबार १५:०३

हेटौँडा, ०४ असार । मकवानपुरका प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठ र डिएसपी दिलिपराज झाको छोटो कार्यकालमै सरुवा भएको छ । एसपी श्रेष्ठको ४२ दिन तथा डिएसपी झाको ११ महिनामा नै सरुवा भएको हो ।

सरुवा हुँदै गर्दा एसपी श्रेष्ठले आफ्नो कार्यकालको कार्य प्रगति समेत सार्वजनिक गरेका छन् । आज दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि कार्य विवरण सार्वजनिक तथा समिक्षा कार्यक्रम गरिएको हो ।

मकवानपुरमा एसपी श्रेष्ठको ठाउँमा प्रहरी हेडक्वाटर काठमाण्डौँबाट बुद्धिराज गुरुङ तथा डिएसपी झाको ठाउँमा भर्खरैमात्र डिएसपी भएका उमेशकुमार सिंह हेटौँडा आउने बताइएको छ ।
४२ दिनको अवधीमा उनले गाँजा फाँड्ने मेसिन ल्याउनुका साथै जिल्ला प्रहरी कार्यालयको सुधार गर्दै वाईफाई, टिभी तथा कम्प्युटरको समेत ब्यवस्था गरेका थिए । विभिन्न ठाउँमा सामाजिक कार्यक्रम तथा लागुऔषधी दुव्र्यसनीका विरुद्धमा कार्यक्रम समेत गर्दै आएका एसपी श्रेष्ठलाई किन यति छिट्टै सरुवा गरियो ? भन्ने चर्चा यतिखेर बजारमा चलेको छ । कतिपयले उनले इन्काउन्टर गर्छु भन्दै दिएको वक्तव्य र उनले कानुनलाई बलियो बनाउन तथा सामाजिक परिवर्तनको लागि गरेका कार्यहरुको विरोधीले उनलको सरुवा गर्न सफल भएको समेत प्रतिक्रिया दिएका छन् ।

घरेलु मदिरा, गाँजा तस्करी, अबैध ढंगबाट सञ्चालमा आएको क्रसर लगाएतमा एसपी श्रेष्ठले कडा निगरानी राखेका थिए । ड्युटीमा आलटाल गर्ने प्रहरीको समेत उनले निन्द्रा खोसिदिएका थिए भने प्रमुख जिल्ला अधिकारी र जिल्ला सभापतिको समेत पर्वाह नगरी उनले अपराधीलाई त्यसै नछोड्ने पक्षमा उभिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...