‘महिन्द्रा प्यूरिफायरको बजार राम्रो छ’–बिक्री प्रमुख रामप्रसाद पण्डित

२०७५, ४ असार सोमबार १३:४७

हेटौँडा, ०४ असार । बिगत २ बर्षदेखि महिन्द्रा प्यूरिफायर कम्पनी प्रा.लि.ले पानी प्यूरीफाई गर्ने मेसिन बजारमा बिक्री गरिरहेको छ । हुन त बजारमा अन्य प्यूरीफायर बेच्ने कम्पनीहरु पनि छन् तर महिन्द्रा प्यूरीफायरले छोटो समयमा बजार लिँदै छ । यसै विषयमा महिन्द्रा प्यूरीफायर कम्पनी प्रा.लि.का बिक्री प्रमुख रामप्रसाद पण्डितसँग तु खबरका जी. न्यौपानेले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्न : महिन्द्रा प्यूरीफायरको बजार कस्तो छ ?
– हाम्रो बजार राम्रो छ । २ बर्ष भयो हामीले बजारमा शुद्ध पानिको लागि महिन्द्रा प्यूरीफायर मेसिन लञ्च गरेको । ग्राहकहरुले रुचाई रहेका छन् । हाम्रा प्रोडक्ट उपभोक्ताहरुले खरिद गरेर प्रयोगमा ल्याईराख्नु भएको छ ।

प्रश्न : महिन्द्रा प्यूरीफायरमा उपभोक्ताको आकर्षण किन ?
– व्यापारमा घाटा र नाफा भईरहन्छ , तर सेवा महत्वपुर्ण कुरा हो भन्ने भनाईलाई आत्मसाथ गर्दै यो प्रोडक्ट बजारमा ल्याएका हौँ । क्वालिटी प्रोडक्ड हामीले पेस गरेका छौँ । फ्री सर्भिस छ । र मेसिनको पार्टपुर्जा आवश्यक परेको समयमा बजारमा उपलब्ध छ । एउटा रुटिङ सर्भिस ,अर्को लाईफ टाईम फ्रि सर्भिस र १ बर्षको ग्यारेन्टी पनि दिन्छौँ । त्यो नै हाम्रो सेवा हो । १ बर्ष भित्रमा कुनै पार्टसमा खराबी देखिएमा त्यो पाट्र्सलाई तुरुन्तै हामीले रिप्लेस गर्छौँ । हामीले दिने यिनै सुविधाको कारण उपभोक्ता हाम्रा प्रोडक्ड प्रति आकर्षित छन् ।

प्रश्न : बजार चुस्त र दुरुस्त पार्न के के गरिहनुभएको छ ?
– बजार चुस्त र दुरुस्त पार्ने हाम्रो सेवाले हो । सबै नेपालीले शुद्ध पानी पिउन् भन्ने हाम्रो चाहाना र मैंले माथि भने जस्तै १ बर्षको ग्यारेन्टी लाईफ टाईम फ्री सर्भिस, रुटिङ सर्भिस ,र चाहिएको पाट्र्स सजिलै पाईनु यीनै कुराहरु हुन्, हामीलाई बजारमा टिकाई राख्ने ।

प्रश्न : अन्य प्यूरीफाई मेसिन भन्दा बढि मुनाफा लिएर बजार बिगारेको भन्ने आरोप छ नि ?
– त्यस्तो होईन । धेरै सुविधा दिँदा अलिकति खर्च त देखिहालिन्छ नि । त्यसो हो भन्दैमा बजार बिगार्यो भन्न मिल्दैन । सबैभन्दा ठुलो कुरा उपभोक्ता खुशी छन् कि छैनन् भन्ने कुरा नै हो । हामी यसै विषयमा ध्यान दिएर काम गर्छौँ ।

प्रश्न : अरु कम्पनीका प्रोडक्टहरु पनि त छन् नि बजारमा, महिन्द्रा नै किन चाहियो त ?

– महिन्द्रा व्यवसायीक रुपमा नेपाल सरकारमा दर्ता भएको कम्पनी हो । यसको उदेश्य सम्पुर्ण नेपालीले शुद्ध पानी पिउन भन्ने नै हो । हामी उपभोक्ताको हित र क्वालिटी मेन्टेन गर्न कहिल्यै पछि पर्दैनौँ । हामी अरु भन्दा कम सेवा दिएर नाफा कमाउन आएका छैनौँ । त्यसैले महिन्द्रा कम्पनीको प्रोडक्ट बजारमा रुचाईएको छ ।

प्रश्न : वाटर प्यूरीफायर त बेच्दै हुनुहुन्छ, पानी मापन यन्त्र र पानी शुद्ध छ कि छैन भनेर परिक्षण गर्ने दक्ष जनशक्ति तपाईहरु सँग छन् के त ?
– पानी जाँच गर्ने मेसिन प्रत्येक बजार प्रर्बद्धकहरुसँग छन् । र बिगत १५ बर्ष देखि पानी चेक जाँचको क्षेत्रमा काम गरिरहनुभएको अनुभवी जनशक्ति हामीसँग छन् । विश्व पानी संगठनले अनुमती दिएको टिडियस मिटरको माध्ययमबाट पानीमा भएको दुषित कुरा पत्ता लगाउन सकिन्छ त्यहि प्रयोग गरीरहेका छौं ।

प्रश्न : तपाईहरुको प्रोडक्ट घरायसी मात्र हो की सबैले प्रयोग गर्न सक्छन् ?
– हामी संग ३ आईटम्सहरु छन् । पहिलो घरायसी दोस्रो संस्थागत र तेस्रो औधोगिक प्रयोजनको लागि हाम्रो प्रोडक्ट उपलब्ध छ ।

प्रश्न : डिलर मार्फत जानुहुन्छ कि सेल्स म्यानको थ्रु बाट प्रोडक्ट बेच्नुहुन्छ ?

– घरघरमै, प्रत्येक उद्योग तथा संस्थाहरुमा यसको प्रयोग र महत्वबारे बताउँछौं । हामीसँग मेन पावर छन् डिलर छैन ।

प्रश्न : देशैभरी घुम्नुहुन्छ ?

– हो देशै भरी घुम्छौँ हामी । खास गरी मुख्य मुख्य सहरमा गएर हामी प्रोडक्ट बेच्छौं ।

समय दिनु भो धन्यवाद
–तपाईको मिडिया तु खबर डटकम मार्फत हाम्रो कुरा राख्ने अवसर दिनुभो त्यसका लागि तपाई लगाएत तपाईको मिडियालाई पनि धन्यवाद ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*