युवा व्यवसायी अन्सारीद्वारा ५२ थान कपडा सहयोग

२०७५, ३ असार आईतवार १२:५८

–अनिल प्रित
बारा, ०३ असार ।
बाराका युवा व्यवसायी बब्लु अन्सारीले ५२ थान कपडा सहयोग गरेका छन् । मुश्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमा शनिबार उनले कपडा वितरण गरेका हुन् ।

उक्त दिन जितपुरको जामे मस्जिद आगाडि आफ्नो तर्फबाट दाजुभाइ, दिदीबहिनीहरूलाई २० थान भेस्ट पाईन्ट , ४ थान कुर्ता सुरवाल , १२ थान साडी , ८ थान लुंगी र ८ थान गन्जी गरी ५२ थान कपड़ा बितरण गरेका हुन् । कपडा पाए संगै स्थानिय समेत खुशी भएको र सहयोग गर्न पाउँदा आफुलाई समेत खुशी लागेको अन्सारीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*