मकवानपुर प्रहरीमाथि जनताको आक्रोश–‘हाम्रो रगत, पसिना नष्ट गरेर के पायौ ?’

२०७५, ३० जेष्ठ बुधबार १९:५२

मकवानपुर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी लोकेन्द्र श्रेष्ठको आगमन भएसँगै मकवानपुरे जनताको आक्रोश बढ्दै गएको छ । तुलनात्मक रुपमा केही सही काम गरेको भए पनि उनको टोलीले जानकारी र सूचना नै नदिई मकवानपुरे जनताले नजानीकन गरेको गल्तीमा समेत सच्चिने मौका नदिएको आरोप लागेको छ ।

एसपी श्रेष्ठले लागुऔषध दुव्र्यसनीबिरुद्ध कडा कारवाही चाल्दै आएकोमा मकवानपुरे जनताले समेत उनको प्रशंसा गरेका छन् तर तानाशाही प्रवृत्ति देखाएर प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाललाई समेत रनभुल्लमा पारेर आफुखुशी गर्ने प्रवृत्तिले भने उनको आलोचना बढेको छ । एसपी श्रेष्ठ र उनको मातहतमा रहेको सिंगो प्रहरी टोलीले केही समय यता घरमै आफन्त र साथीहरुसँग बसेर बिदाका समयमा रमाईलो गर्न तास खेल्दा समेत जुवाको खाल संचालन गरेको भन्दै धमाधम सर्वसाधारलाई पक्रेर पुलिस कस्टडीको चिसो भुँईमा सुताएका छन् ।

त्यतिमात्र नभई आन्तरिक रुपमा कुखुराका चल्ला र दाना लगायतका सामाग्री सदरमुकामबाट ग्रामिण भेगमा लाँदा समेत कागजपत्र नभएको भन्दै सिधै पशु क्वारेन्टाईन तथा भन्सारमा पठाईदिने गरेका छन् । उनले दोष देखाएर पशु क्वारेन्टाईन तथा भन्सारमा पठाएको सामाग्रीलाई पशु क्वारेन्टाईन तथा भन्सारले भने कुनै सजाय बिना नै फिर्ता पठाईदिने गरेको छ । यसबाट समेत उनले सनकमा सामाग्रीहरु पशु क्वारेन्टाईन र भन्सारमा पठाइदिने गरेको बुझिन्छ ।

केही समय यता प्रहरीले लोकल मदिरा नियन्त्रणमा लिएर खोलामा बगाईदिने प्रवृत्तिलाई समेत प्रहरीले बेढङ्गको काम गरेको भन्ने आरोप स्थानीयले लगाएका छन् । गाँजाको बिकल्प नदिएर गाँजा फाँड्ने जस्ता एकोहोरो र अवैज्ञानिक तरिका अपनाउदै आएका प्रहरीले लोकल मदिरालाई बेचबिखन गर्न सक्ने गरी कानुन निर्माण तर्फ जोड नदिई गरिब परिवारले बालबच्चा पढाउन र घर खर्च टार्ने उदेश्यले खर्च जोहो गरी पारेका लोकल मदिरालाई समेत सडकमा खनाईदिने प्रवृत्तिप्रति जनताले आक्रोश पोखेका हुन् ।

‘हाम्रो रगत पसिनालाई नष्ट पारेर के पायौ मकवानपुर प्रहरी ?’ भन्दै सामाजिक सञ्जालमा कुर्लने जमात मकवानपुरमा बढ्न थालेको छ । केही बुद्धिजीवीहरुको टोलीले लोकल मदिराको सवाललाई लिएर एसपी कक्षसम्म छलफलमा पुगेको समेत खबर छ । मकवानपुर प्रहरीले लोकल मदिरा नियन्त्रणमा लिएका समाचारहरु तु खबर तथा अन्य अनलाईन, दैनिक तथा एफ.एम, टिभीले प्रकाशन–प्रशारण गर्दा समेत प्रकाशित–प्रसारित समाचारमा प्रहरीलाई आक्रोश पोख्ने र कमेन्ट गर्नेहरुको समेत जमात बढेको छ ।

त्यसो त लोकल मदिरा नियन्त्रणले समाज सुधारमा टेवा पुराउँछ र महिला हिंसा कमि ल्याउने कुरामा मकवानपुरे जनता सहमत छन् तर दुःख गरेर त्यही महिला दिदीबहिनीले आफ्नो बालबच्चा पढाउन र घरखर्च टार्न पारेका लोकल मदिरालाई बिनाकारण सडकमा बगाउनु दुःखद भएको तर्क मकवानपुरेको छ । लोकल मदिरालाई करको दायरामा ल्यायर ब्राण्डेड मदिराहरुजस्तै गरि बिक्री वितरणको लाईसेन्स नदिने तर विदेशी रक्सीलाई भने बढवा दिनुले राज्यको निती र प्रहरी प्रशासन माथि नै गरिब जनताको आक्रोश बढेको पाइएको छ ।

राजनीतिक क्षेत्रमा सक्रिय एक मकवानपुरे नेताका अनुसार लोकल मदिरालाई लाईसेन्स दिनुपर्छ भन्दै मन्त्रालयसम्म चर्चा चल्ने गरेको भए पनि सबै मौन बस्ने गरेका छन् । सोझा गाउँलेलाई गाँजा खेती र लोकल मदिरा उत्पादनको बिकल्प नै नदिई मनलाग्दी गर्नु गुण्डागर्दी शैली भएको मकवानपुरे प्रशासन प्रमुखहरु समेत स्विकार्छन् । तर नीतिका कारण आफुहरु मन बाँधेर बस्नुपरेको उनीहरुको गुनासो छ । जनताको आक्रोश भने बढ्दो क्रममा भएको यी केही कमेन्टहरुले प्रमाणित गर्छ–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...