हेटौँडामा दोश्रो नानी संकलन, श्रेष्ठ बने दोस्रो आँखा दानी

२०७५, ३० जेष्ठ बुधबार १५:५०

हेटौँडा, ३० जेठ । हेटौँडामा दोश्रोे पटक आँखाको नानी संकलन गरिएको छ । हेटौँडा ५ निवासी प्रेमलाल श्रेष्ठ र टिकालाल श्रेष्ठले आफ्ना पिता स्वर्गीय सर्गलाल श्रेष्ठको आँखाको नानी दान गरेका हुन् ।

हेटाँैडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा सुरक्षित राखेका छन् । उक्त नानी आवश्यक अन्य दृष्टिविहिनहरुलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ लगिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न आफ्नो बुवाको आँखा दान गरेका जेष्ठ सुपुत्र प्रेमलाल श्रेष्ठले बताएका छन् ।

अस्पतालमा यस अघि वि.सं. २०७४ साल फागुन २१ गते आँखाको नानी संकलन गरिएको थियो । हेटौँडा ४ निवासी विकाश श्रेष्ठ र प्रकाश श्रेष्ठले हेटौँडामा पहिलो पटक आफ्ना पिता स्वर्गीय रामकृष्ण श्रेष्ठको आँखाको नानी दान गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...